TRENDING

सुन चाँदीको मूल्यमा वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सय बढेर प्रतितोला एक लाख २५ हजार आठ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ थियो ।

त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला आठ सयले वृद्धि भई प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार चार सय रुपैयाँ थियो ।

चाँदीको पनि प्रतितोला रु ५० ले वृद्धि भई प्रतितोला एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।