TRENDING

सेयर धितोमा जाने कर्जा ७ महिनामा ११.६ प्रतिशतले बढयो

काठमाडौं । ठूला सेयर लगानीकर्ताले सेयर धितो कर्जा बढाएका छन् । सेयर धितोमा जाने कर्जा ७ महिनामा ११.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म मार्जिन प्रकृतिको ९सेयर धितो० कर्जा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ ।

जबकि गत असार मसान्तसम्म यस्तो कर्जा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ प्रवाह भएको थियो । सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा थप ८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ प्रवाह भएको तथ्यांकले देखाउँछ ।