TRENDING

नेपाल आइडलको पाँचौं सिजनको प्रसारण आजदेखी

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’को पाँचौं संस्करण शुक्रबारदेखि प्रसारण हुँदैछ । बेलुकी साढे ८ बजे एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आइडलको पहिलो एपिसोडमा विर्तामोड अडिसन प्रस्तुत गरिने कार्यक्रम निर्माताले जनाएका छन् ।

सात प्रदेशका आठ सहरमा अडिसन गरिएको थियो । निर्देशक सुरेश पौडेलले यो शोले दर्शकलाई मनोरञ्जन दिने र प्रतिभावान् गायक९गायिकाको खोजी गर्ने बताए । पाँचौं संस्करणमा पनि न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा जजको रुपमा छन् । आसिफ शाह र रीमा विश्वकर्मा प्रस्तोता छन् ।

कार्यक्रम प्रत्येक साता शुक्रबार र शनिबार बेलुकी साढे ८ देखि १० बजेसम्म प्रसारण हुने जनाइएको छ ।