TRENDING

शेयर बजार सामान्य बढ्यो, ३ अर्ब ४५ करोड रुपैयाँको कारोबार

काठमाण्डौ । हिजो ७० अङ्कभन्दा धेरैले घटेको शेयर बजार आज भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।

आज बैंक, जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै डोल्टी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज मोलुङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले ओरालो लागेको छ ।