TRENDING

सुनको भाउ बढ्यो

काठमाण्डौ । आज सुनको भाउ बढेको छ । सुन तोलामा आठ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख १९ हजार रुपैयाँ भएको छ ।

त्यस्तै चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । हिजो एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने एक हजार तीन सय ९० रुपैयाँ पुगेको छ ।