TRENDING

इलाम २ र सूदुरपश्चिम प्रदेशसभा अन्तर्गत बझाङ १ मा वैशाख १५ गते उपनिर्वाचन हुने

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत शनिबार उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले ती क्षेत्रमा वैशाख १५ गते चुनाव गराउने मिति तोकेको हो ।

इलाम २ र बझाङ प्रदेशसभा १ मा वैशाख १५ गते उपनिर्वाचन हुने
इलाम २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ १ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दर्घटनामा परी निधन भएको थियो ।
संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो ।

स्थानीय तहमा पनि दुई दर्जन स्थान खाली छन् । आयोगले नै मिति तय गर्ने अधिकार भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको चाहिँ चुनाव गरिहाल्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । स्थानीय तहको निर्वाचन मिति भने सरकारले तोक्ने व्यवस्था छ ।