TRENDING

माओवादी संसदीय दलको बैठक आज पनि

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक मंगलबार पनि बस्ने भएको छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

यसअघि सोमबार बसेको बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका थिए।

यो विषयमा हिजोको बैठकमा सांसदले धारणा राखेका थिए। बाँकी रहेका अन्य सांसदले मंगलबारको बैठकमा धारणा राख्ने प्रमुख सचेतक पाण्डेले जानकारी दिए।