TRENDING

२० वर्ष पूरा फेसबुक शुरु भएको , तीन अर्ब मानिसले प्रयोग गर्दै

काठमाण्डौ । अहिले सबैभन्दा धेरै प्रयोगमा रहेको सामाजिक सञ्जाल फेसबुक स्थापना भएको आज २० वर्ष पूरा भएको छ । सन् २००४ मा मार्क जुकरवर्गले आफ्ना केही साथीहरुसँग मिलेर फेसबुकको शुरुवात गर्नुभएको हो ।

केही विद्यार्थीले दुई दशकअघि अमेरिकामा शुरु गरेको ‘द फेसबुक’ले अहिलेसम्म दर्जनौँ नयाँ डिजाइनहरु परिवर्तन गर्दै आफूलाई अब्बल बनाएको छ । अहिले विश्वभर फेसबुकका तीन अर्ब भन्दा धेरै प्रयोगकर्ता छन् । फेसबुककै मातृ कम्पनी मेटा अन्तर्गतको वाट्सएप अहिले विश्वमा प्रयोग भएको दोस्रो सामाजिक सञ्जाल हो ।

मेटाकै इन्सटाग्राम चौथो नम्बरमा छ । फेसबुकभन्दा अगाडि माईस्पेसजस्ता अरू सामाजिक सञ्जाल भए पनि फेसबुक निकै चाँडो लोकप्रिय बन्यो । संसारलाई अनलाइन सामाजिक गतिविधिको नयाँ युगमा प्रवेश गराएको श्रेय फेसबुकलाई नै जाने प्रविधिविज्ञहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

कसैले फेसबुक लगायतका सामाजिक सञ्जाललाई पारस्परिक सम्पर्क र सम्बन्ध बढाउने सशक्त माध्यम मानेका छन् भने कसैले हानिकारक कुलत पनि भन्ने गरेका छन् । फेसबुकले हाम्रो रुचि र अरुचिबारे जानकारी राखेर पैसा कमाउन सकिन्छ भन्ने देखायो ।