TRENDING

फोहर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता

बाग्लुङ । बाग्लुङको बाग्लुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले फोहर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता गरेका छन् । बाग्लुङ नगरपालिकामा भएको एक कार्यक्रममा दुवै नगरपालिकाका मेयर र कोरियाको एएलके ईसीओु कम्पनीसँग प्रारम्भिक सम्झौता भएको हो ।

कोरियाको वातावरण विभागअन्तर्गतको एएलके ईसीओु कम्पनीका प्रमुख खो यु सेप र प्रमुख कार्यकारी अधिकृत जङ डेटोङ तथा बाग्लुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठ र कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि कोरियाली प्रविधि भित्र्याउने नगरपालिकाको लक्ष्य छ । कोरियाली कम्पनीले ुजिरो वेस्ट म्यानेजमेन्टु का लागि प्रविधि उपलब्ध गराउने छ । साथै प्राविधिक सीपका लागि पनि तालिम दिने छ ।

कम्पनीले फोहर व्यवस्थापन गर्ने उपकरण नगरपालिकालाई बिक्री गर्ने, कम्पनीले तीन वर्ष निःशुल्क मर्मत गरिदिने तथा आवश्यक तालिम लिन चाहने प्राविधिकलाई कोरियामै लगेर व्यावहारिक ज्ञान दिनेछ । केही समय कोरियाका प्राविधिकले यहीँ आएर उपकरण चलाउने तालिमसमेत दिनेछन् ।