TRENDING

त्रिविको सेवा अनलाइनबाटै

काठमाडौ । त्रिभुवन विश्वविद्यालय त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आजदेखि सेवा अनलाइनबाटै दिने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइबाटै लिन सकिने छ ।

केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशन गरी जानकारी दिने कार्यालयले बताएको छ ।