TRENDING

चीनमा आगलागी हुँदा ३९ जनाको मृत्यु

काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु शहरको एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ। नौ जना घाइते भएका छन्।

बुधबार दिउँसो करिब ३ बजे भवनबाट आगलागी भएको थियो। आगो राति ९ बजे मात्रै निभाइएको चिनिया अधिकारीले जनाएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था स्थिर रहेको छ।

६ तले व्यावसायिक र आवासीय इँटा–कंक्रिट संरचनाको तहखानेबाट आगलागी शुरू भएको हो। बेसमेन्ट भित्र रहेको शीतभण्डारको मर्मतका लागि कामदारले गैरकानूनी रूपमा आगो प्रयोग गर्दा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।