TRENDING

गाजामा एकै दिन २४ इजरायली सैनिकको ज्यान गयो

एजेन्सी । इजरायलले हिजो गाजामा भएको लडाइँमा आफ्ना २४ जना सेनाको ज्यान गएको जनाएको छ । गएको अक्टोबर ७ तारिखमा हमासले गरेको आक्रमणको बदलामा गाजामा शुरु गरेको कारबाहीमा हिजो सबैभन्दा ठूलो क्षति भएको इजरायलले जनाएको छ ।

हिजो गाजाका २ वटा भवनमा सेना रहेको मौकामा हमास विद्रोहीले विस्फोट गराउँदा २४ जनाको ज्यान गएको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस्तै इजरायली आक्रमणमा पनि २ सय जना प्यालेस्टिनीको ज्यान गएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले हिजोको दिनलाई युद्ध शुरु भएदेखिको सबैभन्दा कठिन दिनहरूमध्ये एक भएको बताउनुभएको छ । उहाँले हमासविरुद्ध पूर्ण विजय नभएसम्म लड्न नछाड्ने पनि दोहोर्‍याउनुभएको छ । एजेन्सी