TRENDING

थाइल्याण्डमा कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु

एजेन्सी । मध्य थाइल्याण्डमा एक पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ। विस्फोट स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो।

सुफान बुरी प्रान्तका गभर्नर नट्टापट सुवानप्रतिपले विस्फोटक अध्यादेश डिस्पोजल समूह ९ईओडी० लाई उद्धृत गर्दै एएफपीलाई भने, ‘हामीले इओडी टोलीबाट २३ जनाको मृत्यु पुष्टि भएको रिपोर्ट प्राप्त गरेका छौँ। विस्फोटको कारणबारे कुनै संकेत प्राप्त भएको छैन।’

विस्फोटको कारणबारे अधिकारीहरूले अनुसन्धान गरिरहेको उनले जानकारी दिए। प्रहरी अधिकारीहरूका अनुसार छेउछाउका क्षेत्रमा कुनै क्षति भएको छैन ।