TRENDING
होमपेज
बेलायतमा आज १४ वर्ष यताकै सबैभन्दा चिसो
काठमाण्डौ । बेलायतमा सन् २०१० जनवरी यताकै सबैभन्दा चिसो रात आज हुनसक्ने त्यहाँको मौसम विभागले बताएको छ । स्थानीय समय अनुसार आज राति स्कटल्याण्डका केही भागहरूमा न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झर्ने सम्भावना रहेको मौसमविद्ले बताएका बीबीसीले जनाएको छ ।
यसअघि त्यहाँको तापक्रम माइनस ८ डिग्रीसम्म पुगेको थियो । स्कटल्याण्ड र उत्तरी इङ्गल्याण्डमा यसअघि नै बाक्लो हिमपातका कारण विद्यालयहरू बन्द भइसकेको थियो । त्यस क्षेत्रमा पैदल यात्रा र गाडी सञ्चालनमा पनि समस्या छ ।
बेलायतमा यो हप्ताको अन्त्यमा विनासकारी आँधी आउनुपूर्व ४० सेन्टिमिटरभन्दा बढी हिउँ पर्न सक्ने भन्दै त्यहाँको मौसम विभागले यसअघि नै चेतावनी जारी गरिसकेको थियो । चिसोबाट जोखिममा रहेका वृद्धवृद्धा र बालबालिकालाई जोगाउन त्यहाँका अधिकारीहरुले आग्रह गरेका खबरमा उल्लेख छ ।
प्रवासबाट थप समाचार
युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण
चैत्र ३०, २०८०
इजरायलले गाजामा राहत सामग्री पुर्याउन तीनवटा बाटो खोल्ने
चैत्र २३, २०८०
तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ
बैशाख २०, २०८१
वेस्ट इन्डिज एु ले टस जित्यो, नेपाललाई बलिङको निम्तो
बैशाख २०, २०८१
तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने
बैशाख १८, २०८१
आईपीएल क्रिकेटमा आज लखनउ र मुम्बई खेल्दै
बैशाख १८, २०८१
इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित
बैशाख १८, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८