TRENDING

संसदका महासचिव गौतमको राजीनामापछि पाण्डे सिफारिस

काठमाण्डौँ । सङ्घीय ससंदका महासचिव डाक्टर भरतराज गौतमले राष्ट्रपतिसमक्ष राजीनामा गर्नुभएको छ ।

महासचिव गौतमले घरायसी कारण देखाउँदै हिजो राजीनामा गर्नुभएको हो ।

महासचिव गौतमले राजीनामा दिनुभएपछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिनाको संयुक्त सिफारिसमा प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेलाई महासचिव पदमा नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको सङ्घीय संसद सचिवालयले जनाएको छ ।