TRENDING

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गएको असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि ९पूरक० परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ ।

कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा ८८ हजार नौ सय ४७ अर्थात् ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।