TRENDING

चीनमा शक्तिशाली आधीँका कारण लाखौ प्रभावित

एजेन्सी । दक्षिणी चीनका विभिन्न प्रान्तमा शक्तिशाली आँधी सावलाका कारण लाखौँ मानिस प्रभावित भएका छन्। आँधीका कारण विभिन्न ठाउँमा बाढी र पहिरोका घटना निम्तिएको चिनियाँ अधिकारीहरुले जनाएका छन्।

आँधीबाट चीनको गुआङदोङ प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। यस्तै सेन्झेन प्रान्तसहित हङकङ र मकाउसमेत शक्तिशाली आँधीको चपेटमा परेका छन्। चीन र हङकङका सीमावर्ती सहरका सयौँ उडान तथा रेल सेवा रद्द गरिएको छ।

आँधीको असर पर्ने देखिएपछि शुक्रबारदेखि नै विद्यालय तथा अन्य कार्यालयहरुमा बिदा दिइएको छ। आँधीका कारण २ सय किलोमिटर प्रतिघण्टाको बेगमा हावा चलेको छ।

गुआङदोङ र फुजियान प्रान्तका ९ लाख मानिस विस्थापित भएका छन्।