TRENDING

हवाई डढेलो : १ हजार बेपत्ता, उद्धार कार्य जारी

एजेन्सी । अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलोका कारण हालसम्म ११४ जनाले ज्यान गुमाएका छन् भने ६० प्रतिशत बढी डढेलोग्रस्त क्षेत्रमा उद्धार टोलीले निरीक्षण गरेको छ ।

हवाई राज्यका प्रमुख जोस ग्रिनले डढेलोका कारण ज्यान गुमाउनेको संख्यामा अझै वृद्धि हुनसक्ने बताए । उनले डढेलो लागेको सबै क्षेत्र अझै अनुगमन गर्न नसकिएको भन्दै उद्धार कार्य जारी रहेको बताए ।

उनले डढेलोका कारण त्यहाँ अवस्था बयान गर्न कठिनाइ भइरहेको र ६ विलियन सम्पति ध्वस्त भएको अनुमान गरिएको बताउनु भयो । उहाँले २२ सय भवनहरू ध्वस्त हुनुका साथै अन्इ ५ सय बढी भवनमा क्षति पुगेको बताए ।

डढेलोको कारण माउईको लोकप्रिय पर्यटकीय स्थल पहिलाको हवाई राज्यको राजधानी ऐतिहासिक शहर लाहाइनाको धेरैजसो भूभाग जलेर नष्ट भएको छ । त्यहाँ १३ हजार बासिन्दाहरू बस्ने गर्दथे ।

कम्तीमा अझै १ हजार मानिस बेपत्ता भएकाले उद्धारका टोलीहरू थपेर कार्यमा खटाइएको बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार माउई राज्यका जीवित उद्धार गरिएका परिवारहरूसँग भेट्ने कार्यक्रम छ ।