TRENDING

लम्पी स्किनबाट १३ लाखभन्दा बढी पशु संक्रमित

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले लम्पी स्किन नियन्त्रणका लागि तीनै तहको सरकारको समन्वयमा काम भइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिमा देशभरको लम्पी स्किन रोगको अवस्थाबारे विवरण प्रस्तुत गर्दै मन्त्री भुसालले भारत र चीनबाट लम्पी स्किनविरुद्ध खोप आयातको पहल भइरहेको बताएका हुन् ।

कृषि मन्त्री भुसालले दिएको जानकारीअनुसार अहिलेसम्म १३ लाख ५ हजार ३ सय ६१ पशुमा लम्पी स्किन संक्रमण भएको छ । त्यसमध्ये उपचारपश्चात १० लाख ८२ हजार १ सय ५९ पशु निको भइसकेका छन् ।

त्यस्तै अहिले १ लाख ७५ हजार ५ सयभन्दा बढी पशुमा लम्पी स्किनको संक्रमण कायम रहेको पनि मन्त्री भुसालको भनाइ छ ।