TRENDING

निजी विद्यालय सञ्चालकहरुको आन्दोलन फिर्ता

काठमाडौं । निजी विद्यालयहरुले आन्दोलन फिर्ता लिएका छन् । शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता भएपनि आन्दोलन स्थगन गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए ।

उनले भने, ‘हामीले राखेको मागहरुको विषयमा सरकारले गम्भीरता पूर्वक लिएर सरोकारवालाहरुको विषय पनि सम्बोधन गर्ने र त्यसमा आवश्यक छलफल गर्ने भन्ने भएपछि आन्दोलन स्थगन गरेका हौ ।’

निजी शैक्षिक संस्थाका प्याब्सन, एन प्याब्सन र हिसानले विद्यालय शिक्षा विधेयकमा पाँच वर्षभित्र निजी विद्यालय शैक्षिक गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई लगायतको विषयप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका थिए ।