TRENDING

बागमती प्रदेशमा एकै वर्ष ९४० जनाद्वारा आत्महत्या

हेटौंडा । बागमती प्रदेशमा अघिल्लो वर्षको तुलनामा आत्महत्या गर्नेहरुको सख्या बढेको छ । यस प्रदेशमा बितेको आर्थिक वर्षमा ९४० जनाले आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो सख्या बढेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८–०७९ मा ९०२ जनाले आत्महत्या गरेको भएपनि बितेको आर्थिक वर्षमा यो सख्या बढेर ९४० पुगेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । झुण्डीएर, बिस सेवन गरेर, हामफालेर लगायतबाट आत्महत्या गर्ने गरेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तरगतका १० वटा जिल्लामा मात्र यतीका धेरै आत्महत्या भएपनि यसलाई रोकथाम गर्नका लागि प्रयास भने कमै मात्र भएका छन् । हरेक वर्ष आत्महत्याले विकराल रुप लिदै गएको छ । यसतर्फ तीन तहका सरकारको ध्यान जान नसकेको पीडित परिवारहरु बताउँछन् ।