TRENDING

कुवेतको जेलमा ५७ नेपाली

काठमाडौँ । कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालले ५७ जना नेपाली कुवेतका विभिन्न जेलमा कैदी जीवन बिताइरहेको जानकारी दिएका छन् ।

परराष्ट्र मन्त्रालयका सहसचिव समेत रहेका लम्सालले कुवेतको जेलमा कैदी जीवन बिताइरहेकामध्ये एक पुरुष र एक महिलालाई जन्मकैदको सजाय सुनाइएको बताए ।

संघीय संसदको संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफमा प्रस्तावित राजदूत लम्सालले कुवेतमा नेपाली श्रमिकको संख्या ८५ हजार पुगेको आकलन रहेको पनि बताए । कुवेतका जेलमा ५७ जना नेपाली अहिले जेलमा रहेका छन् ।

३६ जनालाई दूतावासले भेटिसकेको छ । धेरैजसो ड्रगको मुद्दामा जेलमा परेका छन्, उनले भने, जेलमा रहेकामध्ये १ महिला र १ पुरुष लाइफ सेन्टेन्स ९जन्मकैद० पाएका छन् ।