TRENDING

सशस्त्र प्रहरीमा १८५ दरबन्दी थप

काठमाडौँ । सरकारले सशस्त्र प्रहरीमा वरिष्ठ सईदेखि वरिष्ठ उपरीक्षक एसएसपी सम्म १ सय ८५ दरबन्दी थपेको छ । साउन ३ को मन्त्रिपरिषद् बैठकले एसएसपीमा मात्रै ११ दरबन्दी सिर्जना गरेको छ, त्यसमा ३ वटा प्राविधिक र ८ वटा इन्फेन्ट्रीतर्फ छन् ।

सशस्त्र प्रहरी मुख्यालयका अनुसार जवानदेखि नायब निरीक्षक सई सम्मका केही पद मिलान गरेर एसपीमा ४१, डीएसपीमा २८, इन्स्पेक्टरमा ४७ र वरिष्ठ सईमा ५८ दरबन्दी सिर्जना गरिएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले संगठनको कुल दरबन्दीमा संख्या नबढ्ने गरी अधिकृतस्तरमा केही पद थपिएको बताए ।