TRENDING

चीनमा विद्यालयको छत भत्किँदा ११ जनाको मृत्यु

काठमाडौँ । चीनमा एउटा विद्यालयको छत खस्दा ११ जना विद्यार्थीको मृत्यु भएको छ । आइतबार हेइलोङचियाङ प्रान्तको चिचिहार सहरमा विद्यालयको खेलकुद हलको छत खस्दा च्यापिएर विद्यार्थीको मृत्यु भएको हो ।

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सोमबार बिहान १५ जनालाई निकालिए पनि ११ जना मृत अवस्थामा भेटिएका हुन् । ४ जना भने गम्भीर घाइते भएको ग्लोबल टाइम्सले जनाएको छ ।

विद्यालयको छत आइतबार दिउँसो ३ बजेतिर खसेको थियो । घटनाका बेला १९ जना भए पनि ४ जना भने भागेर ज्यान जोगाउन सफल भएका थिए । भारी वर्षाका कारण पानी जमेका कारण छत भत्किएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।