TRENDING

नेपालमै पहिलो पटक चिया प्रविधि पढाइको तयारी

काठमाडौ । नेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी पढाइ हुनेभएको छ । इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यही वर्षदेखि चिया प्रविधिसम्बन्धी पढाइ सञ्चालन गर्ने तयारी गरेको हो ।

शिक्षालयले जिल्लास्थित सरोकारवाला र चिया उद्योगीहरुबीच चिया प्रविधिसम्बन्धी अन्तरक्रिया गरेको छ । चिया प्रविधि प्रि–डिप्लोमा तह अप्रेन्टिशीप मोडालिटी मा रहेर चिया प्रविधिसम्बन्धी कक्षा सञ्चालन गर्ने तयारी गरिएको शिक्षालयका प्रमुख दिपक खनालले बताउनुभयो ।

चिया प्रविधि पढाइका लागि दुई वर्षै पाठ्यक्रम भने यसअघि नै स्वीकृत भइसकेको छ । पाठ्यक्रम विकास तथा स्तर निर्धारण महाशाखाले चियाको पाठ्यक्रम निर्माण गरेको हो । पाठ्यक्रम निर्माणपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट पनि पाठ्यक्रम स्वीकृत भइसकेको जनाइएको छ ।