TRENDING

सुनचाँदीको भाउ आज पनि बढ्यो

काठमाण्डौ । सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी आज ५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको एक लाख ११ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा एक हजार चार सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।