TRENDING

भारतलाई थप ३०० मेगावाट बिजुली बेच्न नयाँ प्रसारणलाइन तय

काठमाडौं । भारतसँग अन्तरदेशीय विद्युत व्यापारका लागि नेपालले नयाँ प्रसारणलाइनहरु पाउने भएको छ । भारतका केन्द्रीय प्रसारणलाइनमार्फत मात्रै अब भारतीय राज्यस्तरको लाइनहरुमार्फत पनि बिजुली व्यावसायिक निर्यातको बाटो खुलेको हो ।

हाल प्रयोगमा रहेको ४ सय केभीको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट थप विद्युत निर्यात गर्न क्षमताले नधान्ने भएपनि बिहारसँग जोडिएका ४ वटा १३२ केभी प्रसारणलाइन पनि अन्तरदेशीय विद्युत व्यापारका लागि प्रयोग गर्न पीटीसी इन्डिया र नेपाल विद्युत प्राधिकरणबीच सहमति भएको हो ।