TRENDING

हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । हवाई इन्धनको नयाँ मूल्य केही मात्रामा घटेर आएको बताउँदै निगमले मूल्य समायोजन गरेको जानकारी दिएको हो ।

निगमले आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ प्रतिलिटर कायम गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर २ सय अमेरिकी डलर ९करिब २६ रुपैयाँ प्रति लिटर० ले घटाएको हो ।

मूल्य समायोजन पश्चात् भारतको कोलकाताको हवाई इन्धन ९आन्तरिकतर्फ० को बिक्री मूल्यको तुलनामा काठमाडौँमा बिक्री गरिने मूल्य प्रति लिटर ३।६९ रुपैयाँले सस्तो रहेको निगमले जानकारी दिएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको छ ।