TRENDING
होमपेज
भारतको ओडिशामा भयानक रेल दुर्घटना, २ सयभन्दा बढीको मृत्यु
काठमाडौँ । भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए ।
एनडीटीभीका अनुसार दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् । दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो ।
भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०र१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ।
प्रवासबाट थप समाचार
भारतमा लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु
बैशाख २५, २०८१
ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो, ७४ जना बेपत्ता
बैशाख २४, २०८१
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
बैशाख २४, २०८१
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेष्ठ ३, २०८१
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
जेष्ठ २, २०८१
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
जेष्ठ २, २०८१
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
जेष्ठ २, २०८१
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
जेष्ठ १, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८