TRENDING

भारतसँग जोडिएको पाँचथरको चिवाभञ्ज्याङ नाका खोल्न माग

काठमाण्डौ । पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङ सीमानाका खोल्न स्थानीयबासिन्दाले माग गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका अवसरमा यसबारे भारतीय पक्षसँग छलफल गर्न उनीहरुको माग छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु मानिएको नाका खोल्न माग गरी याङवरक गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ ।

नाका सञ्चालनमा नआउँदा नेपाल–भारत सिक्किम आवतजावत गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले बताउनुभयो ।

स्थानीय उत्पादन भारत निकासी रोकिएको, चिवाभञ्ज्याङ हुँदै नेपाल आउन चाहने पर्यटक र तीर्थयात्रीले बाटो प्रयोग गर्न नपाएकाले तत्काल नाका सञ्चालनको व्यवस्था गर्न माग गरिएको उहाँले बताउनुभयो ।