TRENDING

बेलायतमा कुल आप्रवासन ६ लाखभन्दा बढि

काठमाडौ । सन् २०२२ मा बेलायतमा कुल आप्रवासन ६ लाख ६ हजारभन्दा माथि पुगेको सरकारी तथ्यांकले देखाएको छ।
कोरोना महामारीपछि विश्वभर प्रतिबन्धहरू हटाउँदा आप्रवासन दरमा उच्च वृद्धि भएको हो। यसले वैदेशिक रोजगारीमा निर्भरता घटाउने प्रतिबद्धता जनाएको सरकारमाथि चर्को दबाब छ।

वृद्धिबारे बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयको अन्तरराष्ट्रिय आप्रवासन केन्द्रका निर्देशक जे लिन्डोपले भने, ‘कोरोना महामारीपछि प्रतिबन्धहरू हटाउँदा सन् २०२२ भरि आवागमनको शृङ्खला अत्यधिक बढेको यसको प्रभावस्वरूप बेलायतमा अन्तरराष्ट्रिय आप्रवासनको उच्च स्तरमा वृद्धि भएको देखिएको छ।’

बेलायतमा लामो समयदेखि आप्रवासन एक प्रमुख राजनीतिक मुद्दा रहँदै आएको छ र यो सन् २०१६ मा भएको युरोपेली युनियन ९ईयू० बाट बेलायतको बहिर्गमन ब्रेक्जिट का लागि भएको जनमत संग्रहको मुख्य विवादको विषय भएको छ।

‘काम, अध्ययन र मानवीय प्रयोजनका लागि’ युरोपेली संघबाहेकका देशबाट बेलायत आउनेको संख्या नै मुख्य आप्रवासनको उच्च स्तरमा वृद्धिको कारण भएको बेलायतले जनाएको छ।