TRENDING

नेपाल एअरलाइन्सले ११ हजार ४ सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने

काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एअरलाइन्सले० मलेसियाबाट भैरहवा उडानका लागि प्रवर्द्धनात्मक भाडा घटाएको छ । निगमले मलेसिया–भैरहवा उडानका लागि ११ हजार चार सय ६१ रुपैयाँ भाडादर कायम गरेको छ । यसअघि निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ तोकेको थियो ।

यस्तै निगमले मलेसिया–भैरहवा–काठमाण्डौ उडानको प्रवर्द्धनात्मक भाडादर पनि घटाएको छ । यसअघि निगमले यस उडानको भाडादर १४ हजार सात सय २० रुपैयाँ कायम गरेकोमा घटाएर १२ हजार तीन सय ४६ रुपैयाँ कायम गरेको छ ।

निगमले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दैछ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।