TRENDING

खेलकुद पत्रकारिता पुरस्कार कोइरालालाई

काठमाडौ । युवा तथा खेलकुद मन्त्रालयले बागती प्रदेशका सीताराम कोइरालालाई यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । मन्त्रालयबाट प्रकाशित सूचनाको म्यादभित्र प्राप्त आवेदनका मूल्याङ्कनका आधारमा उक्त पुरस्कारका लागि उहाँको नाम छनोट भएको हो । पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र छ ।

महिला र दलिततर्फको ‘खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार’का लागि कर्णाली प्रदेशका ज्योति कटुवाल र गण्डकी प्रदेशका दीपक परियारको नाम छनोट भएको छ । पुरस्कारको राशि रु २५ हजार छ ।

मन्त्रालयले प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ अर्जुनकुमार सुवेदी कोशी प्रदेश सञ्जीवकुमार साह मधेस प्रदेश, सुवास बिडारी बागमती प्रदेश धनबहादुर गुरुङ गण्डकी प्रदेश, विजय नेपाल लुम्बिनी प्रदेश ललितबहादुर बुढा ९कर्णाली प्रदेश० र पूर्णबहादुर खड्का ९सुदूरपश्चिम प्रदेश० लाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार नगद रहेको छ ।

मन्त्रालयले खेलकुद क्षेत्रमा निरन्तर कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष यस खाले पुरस्कार प्रदान गर्दै आएको छ । मन्त्रालयले विश्व बुढामगर रुकुमपूर्व, मीना ग्लान नुवाकोट  गीता विष्ट कैलाली, नीरज देउवा डडेलधुरा र प्रेमकुमार दर्नाल सर्लाहीलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।