TRENDING

ओलीको सम्पर्कमा फरार टोपबहादुर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीलाई आरोपबाट नभाग्न सुझाव दिएका छन् ।

बिहीबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले रायमाझीलाई प्रहरीमा हाजिर भएर सहयोग गर्न सुझाव दिए । ‘आरोपबाट तर्कन खोज्यो, आरोपबाट उम्कन खोज्यो, भाग्न खोज्यो भने सन्देह पैदा हुन्छ । त्यसकारण सच्चाईको सामना गर्नुपर्छ’, ओलीले भनेका छन् ।

एक घण्टाभन्दा लामो सम्बोधनमा एमाले अध्यक्ष ओलीले नेपालमा भुटानी शरणार्थी समस्यादेखि तेस्रो मुलुक पुनस्र्थापनाको प्रक्रियाबारे लामो व्याख्या गरे । तर नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई फसाउन राज्यसत्ता लागेको ओलीको निष्कर्ष थियो । ‘अलिअलि केस बुझेको हुनाले सोझै पैसा बुझ्नेहरु छोड्ने, अनि टोपबहादुरलाई पक्राउ पूर्जी जारी गर्ने किन गर्‍यो होला रु मैले प्रश्न गर्‍या हो । किन यस्तो गर्‍यो होला रु’, ओलीले भने ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरण छानबिनका क्रममा प्रहरीको सिफारिसमा जिल्ला अदालत, काठमाडौंले २० वैशाखमा रायमाझीलाई पक्राउ पूर्जी जारी गरेको थियो । तर बिहीबार दिउँसोसम्म रायमाझी फरार छन् ।