TRENDING

चैतमा २५ करोड डलरले बढ्यो विदेशी मुद्राको सञ्चिति

काठमाडौं । चैत महिनामा मात्रै २५ करोड डलरको विदेशी विनियम सञ्चिति थप भएको छ । नेपाल राष्ट्र बैंककको तथ्यांक अनुसार फागुन मसान्तसम्म १० अर्ब ६९ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति चैतमसान्तसम्म १० अर्ब ९४ करोड डलर पुगेको छ । गत असार मसान्तमा यस्तो सञ्चिति ९ अर्ब ५४ करोड डलर रहेको सञ्चिति १४.८ प्रतिशतले बढेको हो ।

गत असार मसान्तमा नेपाली रुपैयाँमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९ महिनाको अवधिमा १७।९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चैत मसान्तमा सञ्चिति बढेर १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।