TRENDING

हिमालयन लाइफले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने

काठमाडौँ । तीन बीमा कम्पनीहरू आपसमा गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले मंगलबार ९२६ गते०देखि कारोबार सुरु गर्ने भएको छ । गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ आपसमा गाभिएर हिमालयन लाइफ बनेका थिए ।

गुराँस लाइफले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई दिएको जानकारीअनुसार वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको हो । यी तीन बीमा कम्पनी आपसमा गाभिनका लागि बीमा प्राधिकरणबाट वैशाख १३ गते स्वीकृति प्राप्त गरेका थिए ।

यस्तै, धितोपत्र बोर्डबाट यही वैशाख १९ गते स्वीकृति प्राप्त गरेसँगै कम्पनी रजिस्टारको कार्यालयबाट २० गते स्वीकृति पाएको थियो । कम्पनीहरू आपसमा गाभिन सम्पूर्ण चलरअचल सम्पत्ति र तिर्नुपर्ने सम्पूर्ण कर हिमालयन लाइफले बेहोर्ने सहमतिसँगै मर्जरको स्वीकृत पाएका हुन् ।