TRENDING

बिजनेस विस्तारमा आक्रामक बन्यो राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । पछिल्लो एक महिनामा राष्ट्रिय वाणिज्य बैंक आक्रामक बनेको छ । बैंक अन्य कम्पनीको तुलनामा बिजनेस विस्तारमा आक्रामक देखिएको हो ।

गत कार्त्तिकको तुलनामा मंसिरमा बैंकले १०.०५ प्रतिशतले आफ्नो लगानी विस्तार गरेको छ । कार्त्तिकमा २ खर्ब ६७ लाख रुपैयाँ आर्जन गरेको बैंक मंसिरमा २ खर्ब ७७ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गर्न सफल भएको छ ।

त्यस्तै, समीक्षा अवधिमा ६ वाणिज्य बैंकको निक्षेप संकलनमा कमी आएको छ भने बाँकी कम्पनीको बढेको छ । नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार समीक्षा अवधिमा एनआईसी एशिया, कुमारी, मेगा, नेपाल एसबिआई, एनसीसी र सेञ्चुरी बैंकको निक्षेप संकलन घटेको छ ।

यता कर्जा लगानीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक बैंक आक्रामक देखिएको छ । बैंकले समीक्षा अवधिमा १.९४ प्रतिशतले कर्जा लगानी बढाएर ९१ अर्ब २६ करोड रुपैयाँ पुर्याएको छ । वाणिज्य बैंकमध्ये अन्य १० कम्पनीको पनि कर्जा लगानीमा भने गिरावट देखिएको छ । एनआईसी एशिया, ग्लोबल आईएमई, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, मेगा, माछापुच्छ्रे, सनराइज, बैंक अफ काठमाण्डू, सिभिल र सेञ्चुरी बैंकले पछिल्लो एक महिनामा कर्जा लगानी घटाएका छन् ।

समीक्षा अवधिमा विभिन्न वाणिज्य बैंकले ४६ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् भने ४२ खर्ब २६ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन अघिल्लो महिना अर्थात कार्त्तिकको तुलनामा क्रमशः ४५ खर्ब ६३ लाख र ४२ खर्ब २१ अर्ब रुपैयाँ थियो ।

कुनको कतिले बढ्यो/घट्यो ?