TRENDING

आजदेखि सरकारी कार्यालय एक घण्टा छिटो बन्द हुने

काठमाडौं । कात्तिक १६ गते बुधबार ९आज० देखि सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुल्ने भएका छन् ।

बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुँदै आएका सरकारी कार्यालय दिन छोट्टिएसँगै १ घण्टा छिटो बन्द हुन लागेका हुन् । गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर कार्यालय समय तय गरेको छ । जसमा कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म १०–५ सम्म सञ्चालन हुने उल्लेख छ ।

यही प्रावधानअनुसार, गृहले बुधबारदेखि आगामी माघ १५ गतेसम्मको कार्यालय समय छोट्याएको हो । शुक्रबार भने बिहान १० बजे खुलेर दिउँसो ३ बजे कार्यालय बन्द हुनेछन् ।