TRENDING

बलभद्र कुँवरले लडेको युद्धमा आधारित चलचित्र नालापानी प्रदर्शनमा

काठमाडौं । बलभद्र कुँवरले लडेको युद्धमा आधारित चलचित्र नालापानी प्रदर्शनमा आएको छ । शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘नालापानी’ मा नेपालको गर्विलो इतिहासलाई समेटिएको बताइन्छ ।

यस चलचित्र हरीसकेका निर्देशक दीपाश्री निरौलाले भन्नुभयो ( ‘ऐतिहासिक कुरालाई चलचित्रमा ल्याउन र यसलाई हलमा बसेर हेर्न पनि दह्रो मुटु चाहिन्छ । यसलाई व्यापक बनाउन हामी साथ दिनेछौं ।

यस्तै अभिनेता दीपकराज गिरीले भन्नुभयो, “हाम्रो यति गर्विलो इतिहास हुँदाहुँदै पनि हामीले चाहेको जसरी ती कथालाई पर्दामा देखाउन सक्दैनौँ । यो चलचित्रको निर्माण पक्षले त्यो प्रयास गरेको छ, जुन अत्यन्त दह्रो इतिहास बनेर बसेको छ ।”

कलाकार निर्मल शर्माले आफूले तीन पटक यो चलचित्र हेरेको जानकारी दिनुभयो ।

युद्धमा आधारित चलचित्र नालापानीमा देशभक्त खनाल, अर्जुनजङ्ग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पुजना प्रधान, गीता अधिकारी, साथै विदेशी कलाकार एन्ड्रोइन डङ्कन, रेचल मोलेस, पल विकिन्सन र साम लगायतको अभिनय रहेको छ ।