काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ४३ जना कर्मचारीको माग गरेको छ । राष्ट्र बैंकले प्रशासन तर्फ ४२ र प्राविधिकतर्फ १ गरि कुल ४३ जना कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले प्रशासनतर्फ १८ जना सहायक निर्देशक (अधिकृत तृतीय) र २४ जना सहयक (सहायक द्वितीय) माग गरेको हो । त्यस्तै प्राविधिकतर्फ आइटी तथा साइबर सेक्युरिटी अन्तर्गत १ जना सहायक तृतीय (सहायक निर्देशक) माग गरेको हो ।
सहायक निर्देशक पदको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । सहायक निर्देशक पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विषयमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै, सहायक (सहायक द्वितीय) पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा १० जोड २ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। समावेशी समूहतर्फ फाराम भर्ने उम्मेदवारहरूले आदिवासी र जनजाति, मधेशी, दलित, अपाङ्ग र पि.क्षे. को लागि सम्बन्धित निकायले जारी गरेको प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्ने जनाएको छ ।
इच्छुक तथा योग्य आवेदकले असोज ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १३ गतेसम्म राष्ट्र बैंकको वेबसाइटबाट अनलाइन आवेदन दिन सक्ने छन् ।
बैङ्किङ्गबाट थप समाचार
ग्लोबल आइएमई बैंकद्वारा बैंकिङ साक्षरता कार्यक्रम
एभरेष्ट बैंकको नाफा बढ्यो
वैशाख महिनाको लागि धेरै बैंकहरुले ब्याजदर घटाए
सेयर बजारसहित बैंक तथा वित्तीय संस्था आज बन्द हुने
शेयर बजार ४५ अङ्कभन्दा धेरैले बढ्यो
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८