TRENDING

बलिउड अभिनेता अमिताभ बच्चनलाई पुनः कोरोना संक्रमण

काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चनलाई पुनः कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । उनले आफूलाई दोस्रोपटक कोरोना संक्रमण भएको जानकारी दिएका हुन । अमिताभ बच्चनले ट्विटरमा लेखेका छन, ‘म कोरोना संक्रमित भएँ ।।। जो मेरो सम्पर्कमा आउनुभयो, कृपया आफ्नो परीक्षण गराउनुहोस ।’ यसअघि पनि उनलाई सन२०२० को जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।

त्यतिबेला उनका छोरा अभिषेक बच्चन र बुहारी ऐश्वर्या राईलाई पनि कोरोना संक्रमण भएको थियो । हिजोआज अमिताभ बच्चन क्विज शो ‘कौन बनेगा करोडपति’को सुटिङमा व्यस्त छन ।

Corona