TRENDING

काठमाडौं महानगरले ल्यायो तीन वटा दमकल

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन वटा दमकल खरिद गरेको छ । यी दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो । पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको मेयर बालेन शाहले बताए । आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनले बताए।