TRENDING
होमपेज
चितवनमा ट्रकको ठक्करबाट गुरुङको मृत्यु
चितवन। भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना५ख ८४९७ नंको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना२६प ४८५१ नंको स्कुटरलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेशबाट थप समाचार
प्रहरीमाथि हातपात, एक जना पक्राउ
पुस २३, २०८०
एनसेलको शेयर खरिद बिक्रीबारे लिखित जवाफ माग
पुस ३, २०८०
रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश
बैशाख २७, २०८१
ग्लोबल आइएमई बैंकद्वारा बैंकिङ साक्षरता कार्यक्रम
बैशाख २७, २०८१
शनिवारसम्म नै पानी पर्ने सम्भावना
बैशाख २७, २०८१
भारतमा लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु
बैशाख २५, २०८१
मातातीर्थमा आजदेखि मेला सुरु
बैशाख २५, २०८१
नवौँ राष्ट्रिय पत्रकारिता दिवस आज
बैशाख २४, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८