TRENDING

पछिल्लो २४ घण्टामा थप १ सय २१ जनामा कोरोना पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २१ जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षण गर्दा १ सय २१ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो ।उक्त अवधिमा ३१ जना सङ्क्रमणमुक्त भएका छन, भने हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ६७८ पुगेको छ ।