TRENDING

भरतपुर अस्पतालको र्भयाङमुनि नवजात शिशु फेला

चितवन । चितवनको भरतपुर अस्पतालको र्भयाङमुनि शिशु (छोरी) फेला परेकी छन । अस्पतालको सी ब्लकको र्भयाङमुनि दुई दिनको शिशु फेला परेकी जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शिशुको अवस्था खतरामुक्त रहेको छ । अस्पतालका अनुसार बेवारिसे अवस्थामा फेला परेकी शिशुको एनआईसियुमा राखेर उपचार भइरहेको छ । शिशुका आफन्तहरू फेला परेका छैनन । शिशु कसले छोडेको हो भन्ने विषयमा प्रहरी अनुसन्धान गरिरहेको छ ।