TRENDING

अप्पर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १८ लाख २० हजार ४७५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कति दिने आवेदन : यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन :

लगानीकर्ताले छिटोमा असार २३ गतेसम्म ढीलोमा साउन २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कहाँबाट दिने आवेदन :

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

रेटिङ कति :

इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई ‘इक्रा एनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।

को हो बिक्री प्रबन्धक :

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।