TRENDING

सोमबार थप ४० जनामा कोरोना पुष्टी, सक्रिय संक्रमित कति ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिमार्फत ३४ जना र एन्टीजेन विधिमार्फत थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । यस्तै, सो अवधिमा १९ जना निकोसमेत भएका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।