TRENDING

आईतबार नेपालमा ५३ जना कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार १२० जनामा गरिएको परीक्षणमा ५३ जना संक्रमित भेटिएका हुन् ।

आज २० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ सय ३३ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा २ सय १५ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ४ जना संक्रमित आइसियू र एकजना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।