

काठमाडौं । आज शुक्रबार प्रदेशका अधिकांश स्थानमा भारि वर्षको सम्भावना रहने बताईएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायु‚ पश्चिमी भेगमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको पूर्वानुमान महाशाखले जनाएको छ। साथै‚ भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ ।
आज प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ती क्षेत्रमा पहिरोको जोखिम साथै नदी तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
शुक्रबार बिहान प्रदेश १, बाग्मती, गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो र राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका का एक/दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै‚ पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भीषण वर्षा मापन भएको छ । हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो रहेकाले नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७