TRENDING

मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

काठमाडौँ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लाग्नुभएकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गर्नुभएको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो ।

विगत १६ वर्षदेखि हिमाल आरोहण गर्न सुुरु गर्नुभएकी लामाले विश्वका १६ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ । ती चार हिमालको आरोहण गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँले यसअघि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ ।